+
+
Shares

कोरोना संक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १२:३६

२९ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ । यसअघि मेडिकल कलेजहरुमा पनि उपचारको व्यवस्था मिलाइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गर्दै अब सरकारी अस्पतालहरुलाई मात्रै कोभिड १९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गर्न भनेको छ ।

तोकिएका मेडिकल कलेजहरुमा आजसम्ममा भर्ना भइ उपचाररत संक्रमितहरुको आजको मितिले १० दिनसम्मको मात्र नियमानुसारको शोधभर्ना उपलब्ध गराइने पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?