Comments Add Comment

बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या : न्यायका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

निष्पक्ष अनुसन्धान र क्षतिपूर्तिका लागि भारतको मानव अधिकार आयोगलाई पत्राचार

२९ माघ, काठमाडौं । भारतको बिहारमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा पीडित परिवारको न्याय तथा सुरक्षाका लागि आवश्यक कूटनीतिक पहल गर्न पनि आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया बालिका सुमित्रा विकलाई गत माघ ८ गते नेपाल भारत सीमा नजिक कुण्डुवा चैनपुर चम्पारणमा सामूहिक बलात्कारपछि हत्या गरी जलाइएको थियो ।

राष्ट्रिय मानव अधिकारी आयोगले घटनाको निष्पक्ष अनुसन्धान र क्षतिपूर्तिका लागि आवश्यक पहल गर्न भारतको मानव अधिकार आयोगलाई आजै पत्राचारसमेत गरेको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment