+

राष्ट्रिय महिला लिग : नवौं खेलमा पनि चौदण्डीगढी पराजित

२०७७ माघ  २९ गते १४:५७ २०७७ माघ २९ गते १४:५७
राष्ट्रिय महिला लिग : नवौं खेलमा पनि चौदण्डीगढी पराजित

२९ माघ, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाले राष्ट्रिय महिला लिगमा लगातार नवौं हार व्यहोरेको छ । ७ टिम सम्मिलित लिगमा चौदण्डीगढी अहिलेसम्म जितविहीन छ । बिहीबार चौदण्डीगढी स्याङ्जाको वालिङ नगरपालिकासँग ७-१ ले पराजित भयो ।

वालिङका लागि क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै अर्का क्यामरनी खेलाडी टौटा ओरनेला नोइलीले दुई गोल गरिन् ।

खेलको २५ औं मिनेटमा रुथले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको सात मिनेटपछि चौदण्डीगढीकी अन्जना थुलुङले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि भने वालिङले लगातार ६ गोल गर्‍यो ।

रुथले ३४ औं र ४४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि वालिङले पहिलो हाफमै ३-१ को अग्रता बनायो ।

दोस्रो हाफमा वालिङले चार गोल थप्यो । रुथले ४८ औं र ५५ औं मिनेटमा गोल गरिन् । यस्तै नोइलीले खेलको ७१ औं र ७२ औं मिनेटमा गोल थपिन् ।

लिगमा चौथो जित हात पारेको वालिङ ९ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । वालिङका प्रशिक्षक दिलिप थापाले टिमले ७ गोल गरेपनि धेरै गोलको अवसर गुमाएको बताए ।

नगरपालिकाको टिममध्ये उत्कृष्ट प्रदर्शन गरिरहेको वालिङले विभागीय टोली नेपाल पुलिसलाई समेत पराजित गरेको थियो । अंकतालिकामा पुलिस भन्दा वालिङ ३ अंकले अघि छ ।

चौदण्डीगढीका लागि  अञ्जनाले गरेको गोल जारी लिगमा चौदण्डीगढीले गरेको यो दोस्रो गोल हो । यसअघि पहिलो चरण अन्तर्गत चन्द्रपुर विरुद्ध चौदण्डीगढीका लागि अन्जनाले नै एक गोल गरेकी थिइन् ।

पहिलो चरणमा सबै ६ खेल हारेको चन्द्रपुरले दोस्रो चरणमा पनि ३ खेलमा पराजय व्यहोरिसकेको छ । ऊ अहिलेसम्म अंकविहीन छ ।

चन्द्रपुरले अब विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका र पुलिससंग खेल्न बाँकी छ ।

चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले अब बाँकी तीन खेलमा अंकका लागि खेल्ने बताएका छन् । ‘हामी अंकविहीन छौँ तर अबको तीन खेलमा हामी त्यसलाई परिवर्तन गर्न चाहन्छौँ ।’

खेलकुद चौदण्डीगढी फुटबल राष्ट्रिय महिला लिग वालिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय