Comments Add Comment

साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री

२९ माघ, काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त रिहा गरेको छ ।

१६ माघमा गोरखामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर उनलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । उनलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो ।

प्रहरीले उनसँग प्रहरीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो । ‘राष्ट्रपति संस्थाप्रति सम्मान छ किनकि हाम्रो आन्दोलन रगत पसिनाले स्थापित गरेको संस्था हो’ झाँक्रीले भनिन्, त्यहाँ पुग्ने पात्रहरूको क्रियाकलापको न आलोचना गरिएको छ, यसमा पश्चाताप गर्नुपर्ने केही छैन ।’

प्रहरीले उनीसँग सोधपुछ गरिरहँदा पक्राउको चौतर्फी विरोध भइरहेको थियो भने प्रचण्ड–माधव समूह सम्बद्ध युवा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । चौतफी दबाबपछि प्रहरीले उनलाई झण्डै साढे ५ घण्टा नियन्त्रणमा राखेर रिहा गरेको छ ।

महाशाखा प्रमुख एसएसपी दीपक थापाले पनि झाँक्रीलाई निःशर्त रिहा गरिएको बताए । ‘संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान हिजो, आज र भोलि उत्तिकै छ । मैले संविधान प्रदत्त वाक् स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको हकको उपयोग मात्र गरेको हुँ भन्नुभयो’ उनले अनलाइनखबरसँग भने, ‘त्यही आधारमा उहाँको श्रीमानको जिम्मामा छाडियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment