Comments Add Comment

रामकुमारीको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानमन्त्रीको नाम केरमेट

२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम विपक्षीको सूचिबाट हटाइएको देखिन्छ ।

अधिवक्ता गुणराज आचार्यद्वारा दर्ता रिटमा ‘प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ लाई केरमेट गरेर गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं थप गरिएको हो ।

अदालत प्रशासनले प्रधानमन्त्री ओलीको नाम भएको रिट दर्ता गर्न अस्वीकार गरेपछि गृह मन्त्रालयको नाम राखेर निवेदन दर्ता गरेको देखिन्छ ।

रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी परिसर टेकु र अपराध अनुसन्धान महाशाखा, बानेश्वरलाई विपक्षी बनाइएको छ ।

अधिवक्ता ओमप्रकाश अर्याल यो घट्नाले कार्यकारी प्रमुखको प्रभाव अदालत प्रशासनसम्म पुगेको देखिएको बताउँछन् । उनी भन्छन्, ‘निवेदकले जसलाई विपक्षी बनाउन चाहेको थियो त्यसमा प्रशासनको असहमति रहेको बुझियो ।’

बिहीबार आफ्नै निवासबाट पक्राउ परेकी रामकुमारी साढे पाँच घण्टापछि रिहा भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment