Comments Add Comment

सपनाले दिइन् विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी

२ फागुन, काठमाडौं । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् ।

बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी हुन् ।

रोकाको उजुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई पक्राउ पुजी जारी गर्ने तयारी गरेको छ ।

‘मुद्दा शाखामा अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ,’ काठमाडौं प्रहरी परिसरका प्ररमुख वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) अशोक सिंहले भने, ‘पक्राउ पुर्जी जारी गर्छौं ।’

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment