Comments Add Comment

भारतमा हिमताल फुट्दा आएको बाढीमा मृत्यु हुनेको संख्या ५० पुग्यो

२ फागुन, काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुट्दा आएको बाढीको कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

आइतबार उद्धारकर्ताहरुले ५० जनाको शव भेटिएको बताएका हुन् । गत आइतबार हिमताल फुट्दा अलनन्दा नदीमा आएको बाढीको कारण नदीमा बनिरहेको बाँध तथा पुलहरु बगाएको थियो ।

बाढीको कारण जलविद्युत् आयोजनाको लागि ड्याम बनाउन खटिएका मजदुरहरु सुरुङभित्र थुनिएका थिए । अधिकारीहरुका अनुसार अझै पनि १५४ जना मानिस हराइरहेका छन् । एक वरिष्ठ सरकारी अधिकारीले भने, ‘अझै हामीले सबै आशा मारेका छैनौं । हामीलाई हराएका मानिसहरु जीवितै भेटिने आशा छ ।’

विशेषज्ञहरुले बाढीको कारण थुपिएको ढुंगा, बरफ, फोहोर तथा पानीले उद्धारकार्य थप जोखिमपूर्ण बनेको बताएका छन् । उत्तराखण्डको यो संकटसँगै वातावरण समूहले सरकारलाई कुनै पनि योजना पर्यावरणीय असरलाई ध्यानमा राख्दै ल्याउन सुझाव दिएका छन् ।

अहिले वैज्ञानिकहरुले उत्तराखण्डको हिमताल कसरी फुटेको थियो भन्ने विषयमा अध्ययन गरिरहेका छन् । भारतमा १० हजारभन्दा धेरै हिमताल छन् । जसमध्ये उत्तराखण्डमा मात्र करिब १५ सय हिमताल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment