Comments Add Comment

महानिर्देशक दाहालको ‘कोरोना कालमा भन्सार प्रशासन’ विमोचन

४ फागुन, काठमाडौं । कोरोना महामारीमा भन्सार प्रशासनले गरेकोे कामहरुको अनुभूति संग्रहित पुस्तक सार्वजनिक भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालद्धारा लिखत ‘कोरोना कालमा भन्सार प्रशासनः प्रयास एवं अनुभूति संग्रह’ को अर्थ सचिव शिशिर कुमार ढुंगानाले सोमबार विमोचन गरे ।

पुस्तकमा कोरोनाका कारण सुरु भएको देशब्यापी लकडाउन र निषेधाज्ञामा भन्सार प्रशासनको गरेको कामहरुको अनुभव संग्रहित छ । सिंगो देश नै घरभित्र कैद भएको अवस्थामा अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको भन्सार प्रशासनले कसरी सेवा प्रदान गर्यो ? भन्ने विषय पुस्तकमा दर्साइएको लेखक दाहालले बताए ।

पुस्तकमा भन्सार प्रशासन सुधारका प्रयास र भावी कार्यदिशा समेत समेटिएको उनको भनाई छ । पुस्तकले विषम परिस्थितिमा भन्सार प्रशासनको सेवालाई कसरी नियमित र चुस्त राख्ने भन्ने मार्ग दर्शन प्रदान गर्ने दाहालले बताए ।

कोराना कालभरी भन्सार प्रशासन कसरी सञ्चालन भयो, सञ्चार माध्यमहरुमा छापिएका सामग्रीहरु, भन्सार कर्मचारीको संघर्षका अनुभव पनि पुस्तकमा समेटिएको छ । भन्सार प्रशासन सुधारका लागि महानिर्देशक दाहालले गरेका कामहरुको विवरण पुस्तकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

चर्चामा मलिका

Advertisment