Comments Add Comment

टाटाको बिएस ६ इन्जिनका गाडीहरुको प्रि–बुकिङ खुल्ला

काठमाडौं । नेपालको लागि टाटा मोटर्स् को आधिकारिक विक्रेतासिप्रदी ट्रेडिङ्ग प्रा. लि. द्वारा टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपालीबजारमा प्रि(बुकिङ खुल्ला गरिएको छ । भारतीय स्टयाण्डर्ड सिक्सको मान्यताप्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एचफाइभ गाडीहरुको प्रि–बुकिङ खुल्ला गरिएको हो ।

न्यु फरेवरको अवधारणा सहितअत्याधुनिकप्रविधियुक्त, परिमार्जित शक्तिशालीइन्जिनको साथग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फो स्टार रेटिङ्ग पाएका टाटाको यी गाडीहरुले सबैको मन जित्ने विश्वास लिइएको छ ।

साथै यहिशुभअवसर पारेर प्रि–बुकिङ गर्नु हुने पहिलो १०० जनाग्राहकहरुलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ । उपहारहरु अन्तर्गत ग्राहकहरुले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १वर्षको निःशुल्क सर्भिसिङ्ग र निःशुल्क जेन्युइनएसोसेरिजहरु प्राप्त गर्न सक्नु हुने कम्पनीले बताएकाे छ ।

इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरु हरेक उमेर समुहकाग्राहकहरुको रोजाइमा पर्ने अपेक्षा गरिएको छ । ग्लोबल एनक्यापको रेटिङ्ग अनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन ।

उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभुती गर्न सकिने यी गाडीहरु अझै शक्तिशालीइन्जिनएवं उच्चभारवहनक्षमता सहितविशेष रुपमातयार पारिएको कम्पनीले जनाएको छ । नेपालअधिराज्यभरका सबै टाटाको शोरुमहरुबाट ग्राहकहरुको सुविधाको लागिप्रि–बुकिङको व्यवस्था मिलाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment