+
+
Shares

स्वीट्जरल्याण्डबाट मिर्गौला रोगबाट पीडित तामाङलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते ९:५३

जुरिख । आँबुखैरेनी गाउँपालिका २ नारिघाट निवासी मिर्गौलाको रोगबाट पीडित भुवन तामाङलाई स्वीट्जरल्याण्डबाट सहयोग प्राप्त भएको छ।

आर्थिक अवस्थासमेत कमजोर भएका दीर्घकालीन मिर्गौलाको रोगबाट पीडित तामाङलाई स्विसबाट १ लाख ४२ हजार ४ सय ८३ रुपैयाँ सहयोग पुगेको हो। स्वीसवासी नेपालीहरुबाट तामाङ्को सहयोगार्थ १ हजार १ सय ३० स्वीस फ्रान्क संकलन गरेका थिए ।

तनहुँको आँबुखैरेनी – ३ निवासी तनकुमार श्रेष्ठको विशेष अनुरोधमा उक्त रकम संकलन भएको हो। श्रेष्ठले संकलित रकम पिडित तामाङलाई हस्तान्तरण समेत गरेका छन्।

तामाङ पेसाले सवारी चालक हुन्। तर उपाचारका लागि अस्पताल आवातजावतमा समेत रकम अपुग भएपछि उनले आर्थिक सहयोगको आह्ववान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?