Comments Add Comment

म्यानमार : सुकीमाथि नयाँ मुद्दा

५ फागुन, काठमाडौं । म्यानमारमा हिरासतमा लिइएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि नयाँ मुद्दा चलाइएको छ । यसअघि अवैध ओकेटोकेको प्रयोग गरेको आरोप लगाइएको सुकीलाई अर्कौ मुद्दा पनि चलाइएको हो । भिडियो लिंकबाट अदालतमा उपस्थिति जनाएकी सुकीलाई अर्को मुद्दा पनि चलाइएको हो ।

अहिलेसम्म सुकीमाथि चलाइएको नयाँ मुद्दा के हो भन्ने खुल्न सकेको छैन । यसअघि म्यानमारको सेनाले आम निर्वाचन गराउने प्रतिबद्धता जनाउँदै निर्वाचन जित्ने पार्टीलाइ सत्ता हस्तान्तरण गर्ने बताएको थियो ।

म्यानमारमा अहिले सैन्य कूको विरोधमा हजारौं मानिसहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले तत्काल हिरासतमा लिइएका प्रजातन्त्रवादी नेताहरुलाई रिहाइको माग गरिरहेका छन् । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतालाई हिरासतमा लिँदै शक्ति आफ्नो हातमा लिएको थियो ।

यसयता मंगलबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै सेनाले आम निर्वाचन गराउने प्रतिबद्धता जनाएको हो । तर, त्यसको मिति भने तोकिएको छैन । साथै सेनाले यसअघि नै एक वर्षको लागि संकटकाल घोषणा गरेको थियो । त्यसैले म्यानमारमा सेनाले निर्वाचन गराउनेमा मानिसहरुले आशंका व्यक्त गरेका छन् । तर, सेनाले भने लामो समयसम्म सत्ता चलाउने योजना नरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment