६ फागुन, काठमाडौं । हर्लिन हालान्डले दुई गोल गरेपछि जर्मन क्लब बोरुसिया डर्टमण्डले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पानिस क्लब सेभियालाई ३-२ ले पराजित गरेको छ ।
सेभियाकै मैदानमा भएको खेलमा एक गोलले पछि परेको डर्टमण्डले पुनरागमन गर्द खेल जितेको हो ।
प्रतिस्पर्धात्मक खेलको सातौं मनेटमै सुसोले गोल गर्द घरेलु टोली सेभियालाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन । १९औं मिनेटमा महमाउद दाहुदले डर्टमण्डका लागि बराबरी गोल फर्काए । २७औं मिनेटमा हालान्डे गोल गर्दा डर्टमण्डले २-१ को अग्रता बनायो ।
४३औं मिनेटमा हालान्डले नै व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा डर्टमण्डले ३-१ को अग्रता बनायो ।
खेल सकिन ६ मिनेट बाँकी छँदा सेभियाका लुक डे जोङले गोल गर्दै स्कोर ३-२ मा पुर्याए । तर सेभियाले खेलमा फर्कन ढिला भइसकेको थियो र नतिजा डर्टमण्डको पक्षमा गयो ।
यी दुई टोलीबीचको दोस्रो लेग मार्च ९ मा डर्टमण्डको मैदानमा हुनेछ ।
प्रतिक्रिया 4