Comments Add Comment

बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

६ फागुन, जनकपुरधाम । महोत्तरीमा आफ्नै बुहारीको हत्या गरी फरार भएका एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । बुहारी हत्याको अभियोगमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका महोत्तरीको साविक महदैया तपनपुर गाविस-५ बस्ने शंकर सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ५२ वर्षीया सहनीलाई लोहारपट्टी नगरपालिका-३ महदैया नजिकैबाट पक्राउ गरिएको हो । महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टका अनुसार पक्राउ परेका सहनीलाई अदालतमा पेस गरिएको छ ।

शंकरले आफ्नै छोरा राजु सहनीकी पत्नी विना देवी सहनीलाई घरायसी विवादका कारण बिष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा अदालतले कैद सुनाएको थियो ।

प्रहरीका अनुसार २०६४ साल भदौ १३ गते ससुरा शंकर सहनी, सासु चन्दर देवी, देवर राजकुमार सहनी, छिमेकी बली साह र शंकर साह मिलेर विनाको हत्या गरेका थिए । यसमध्ये ससुरा शंकर, ससुरा चन्दर देवी, छिमेकी शंकर साहलाई २० वर्ष कैद र मृतकको देवरलाई १५ वर्ष कैद तथा ३० रुपैयाँ जरिवाना तोकिएको छ । यसमध्ये छिमेकी बलीको मृत्यु भइसकेको र शंकरलाई गत माघ १८ गते पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।

यो घट्नामा अदालतबाट कैद सुनाइएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेपनि अन्य भने अहिलेसम्म फरारै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment