Comments Add Comment

आईपीएल अक्सन : कुन टिमले कुनै खेलाडी अनुबन्ध गरे ?

६ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल १४ का लागि शुक्रबार चेन्नाईमा भएको अक्सनबाट ५७ खेलाडी विभिन्न फ्रेन्चाइजमा अनुबन्ध भएका छन् ।

पाँच घण्टा भन्दा बढी समय चलेको मिनी अक्सनबाट सहभागी ८ फ्रेन्चाइजले आफूलाई चाहिने खेलाडी अनुबन्ध गरे ।

दक्षिण अफ्रिकन अलराउण्डर क्रिस मोरिस अक्सनमा धेरै रकममा अनुबन्ध हुने खेलाडी बन्दा न्यूजिल्याण्डका कायल जेमिसन अष्ट्रेलसउका झेय रिचर्डसन र ग्लेन म्याक्सवेल १० करोड भन्दा बढीमा अनुबन्ध भए ।

कृष्णप्पा गोतम अनक्याप्ड खेलाडीको रुपमा धेरै रकममा अनुबन्ध हुने खेलाडी बने । चेन्नाई सुपर किंग्सले गोतमलाई ९ करोड २५ लाखमा अनुबन्ध गरेको हो ।

नेपाली लेग स्पीनर सन्दीप लामिछानेलाई भने यस पटक कुनै टिमले अनुबन्ध गर्न चासो देखाएन । ४० लाख भारु बेस प्राइज राखेका सन्दीप अनसोल्ड भए ।

क्रिस मोरिसलाई राजस्थान रोएल्सले कीर्तिमानी १६ करोड २५ लाख भारुमा अनुबन्ध गर्दा रोएल च्यालेन्जर्स बैंगलोरले जेमिसनलाई १५ करोड र म्याक्सवेललाई १४ करोड २५ लाखमा अनुबन्ध गर्‍यो । यस्तै पञ्जाव किंग्सले अष्ट्रेलियनमा झेय रिचर्डसनलाई १४ करोडमा अनुबन्ध गर्‍यो ।

अक्सनबाट राजस्थान रोएल्स र बैंगलोरबाहेक अन्य ६ टिमले अधिकतम २५ खेलाडी पुर्‍याएका छन् । राजस्थानको टिममा २४ र बैंगलोरमा २२ खेलाडी मात्र रहेको छ ।

अक्सनबाट पञ्जाबले सर्वाधिक ९ खेलाडी अनुबन्ध गर्दा सनराइजर्स हैदरावादले ३ खेलाडी अनुबन्ध गर्‍यो ।

यस्तै राजस्थान, बैंगलोर, दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सले ८-८ खेलाडी अनुबन्ध गर्दा मुम्बईले ७ खेलाडी अनुबन्ध गर्‍यो । चेन्नाईले ६ खेलाडी अनुबन्ध गर्‍यो ।

अक्सनबाट कूल ५७ खेलाडी अनुबन्ध भए ।

कुन टिमले कुन खेलाडी अनुबन्ध गर्‍यो?

चेन्नाई

कृष्नप्पा गोतम, मोइन अली, चेतेश्वर पुजारा, के भगथ, वर्मा सी, हरि निशान्थ, एम हरिशंकर रेड्डी

दिल्ली

टम करन, स्टिभेन स्मिथ, साम बिलिङ्स, उमेश यादव, रिपाल पटेल, विष्णु विनोद लुकमन, मेरिवाला एम सिद्धार्थ

कोलकता

शकिब अल हशन, हरभजन सिँह, बेन कटिङ, करुण नायर, पवन नेगी, वेनकाटेस अयेर, शेल्डन ज्याक्सन, भइभव आरोरा

मुम्बई

नाथन कुल्टर, नाइल एडम मिल्ने, पियुष चावला, जेम्स निसाम, युदभिर चारक, मार्को जानसेन, अर्जुन तेन्दुलकर

पञ्जाव

झ्ये रिचर्डसन, रिले मेरेडिथ, शाहरुख खान, मोइसिस हेनरिकेज, डेविड मालान, फाबियन एलेन, जलज सक्सेना, सौरभ कुमार, उत्कर्ष सिंह

राजस्थान

क्रिस मोरिस, शिभम दुवे, चेतन साकारिया, मुस्ताफिजुर रहमान, लिएम लिभिङ्गस्टोन, केसी करिएप्पा, आकाश सिंह, कुलदीप यादव

बैंगलोर

काएल जेमिसन, ग्लेन म्याक्सेवल, डान क्रिस्टियन, सचिन बेबी, रजत पतिदार, मोहम्मद अजरुद्धिन, सुयस प्रभुदेशी, कोना स्रिकार भारत

हैदरावाद

केदार जादव, मुजिव उर रहेमान, जे सुचित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment