+
+
Shares

बलिदानबाट प्राप्त उपलब्धिको रक्षा सर्वोच्चले गर्ने मुख्यमन्त्री राउतको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते १०:४४

७ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली जनताले आफ्नो पटक–पटकको बलिदानीबाट प्राप्त गरेको उपलब्धको सर्वाेच्च अदालतले रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै राउतले वर्तमान अन्यौलताबाट सर्वोच्चले निकास दिने विश्वास व्यक्त गरे । ‘अहिले अन्यौलताको स्थिति छ । ‘भोलि के हुन्छ हुँदैन भन्ने आँकलन भइरहेको छ । देशमा आएको उपलब्धि गुम्छ कि ? जस्ता अन्यौलता छ,’ मुख्यमन्त्री राउतले भने, ‘सर्वोच्चले उपलब्धिलाई बचाउँदै अन्यौलता हटाउनेमा विश्वस्त छु ।’

लोकतन्त्र, गणतन्त्र, संघीयताका लागि बलिदानी दिने योद्धा र तीनका परिवार अहिले उपलब्धि हराउने चिन्तामा रहेको बताउँदै यो चिन्तालाई हटाउनुपर्ने उनले बताए ।

‘हामीलाई विश्वास छ सर्वोच्च अदालतले संविधानको रक्षा गर्नेछ,’ उनले भने, ‘प्राप्त उपलब्धि कायम गराउँदै नेपाली जनतालाई अहिलेको परिस्थितिबाट निकास दिनेछ ।’

संविधानमा रहेका केही त्रुटीलाई सच्याएर सबैको संविधान बनाउनुपर्छ भन्ने विषयमा मतभेद कायम रहे पनि संविधानले गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशितालाई सुनिश्चित गरेको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?