Comments Add Comment

महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग

७ फागुन, काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा गत माघ ३० गते काठमाडौंमा भएको महिला मार्चमा सहभागी अभियन्ता तथा स्रष्टाहरूलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिइएको घटनाप्रति बृहत नागरिक आन्दोलनले गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा बिष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक, ट्वीटरलगायत विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता धम्की दिइएको भन्दै बृहत नागरिक आन्दोलनले उक्त कार्यको भर्त्सना गरेको हो ।

अभियन्ताहरूले महिला मार्च तथा नागरिक आन्दोलनमा निरन्तर बोल्ने, लेख्ने, कविता सुनाउने, नाटक प्रदर्शन गर्ने गर्दै आएका छन् । त्यही विषयलाई लिएर उनीहरूमाथि निरन्तर साइबर आक्रमण भएको हो ।

बृहत नागरिक आन्दोलनको तर्फबाट बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो अपराधमा संलग्नहरुबारे गम्भीरतापूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कार्वाही अघि बढाउन ध्यानाकर्षणसमेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘साइबर दुर्व्यवहारमार्फत् नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई निरुत्साहित र अपमानित गर्न खोज्नु लोकतन्त्र कमजोर बनाउने कदमलाई बल पुर्‍याउनु हो । प्रत्येक लोकतन्त्र प्रेमी नागरिकले यसप्रति सचेत हुन र आन्दोलित हुन जरुरी छ ।’

आफूहरुमाथि भएको हिंसाविरुद्ध महिला अभियन्ताहरू नेपाल प्रहरी साइबर ब्युरोमा औपचारिक उजुरी गर्ने तयारीमा छन् ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment