Comments Add Comment

निर्मला प्रकरणका दोषी कानुनको पञ्जा नजिक आइसके : गृहमन्त्री बादल

७ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै पक्राउ पर्ने बताएका छन् ।

भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि प्रधानमन्त्रीले महिलाहरुको बलात्कार र हत्या गर्नेहरुलाई पानी मुनी गएपनि नछाड्ने भनेको र त्यसलाई आफूहरुले पुरा गरेको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा गृहमन्त्री बादलले भने, ‘निर्मलाको बलात्कारी, हत्यारा पनि कानूनको पञ्जा नजिक आइसकेको छ । त्यसलाई पनि हामी छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment