
१० फागुन, काठमाडौं । नाइजरको निर्वाचन आयोगका सात सदस्यको एक विष्फोटमा परी मृत्यु भएको छ । नाइजरमा राष्ट्रपतीय निर्वाचनको तयारीका लागि खटिएका उनीहरु चढेको सवारीसाधन पश्चिमी टिलाबेरी प्रान्तमा विष्फोट गराइएको हो ।
नाइजरमा आइतबार सत्तारुढ पार्टीका मोहमद बाजोम र पूर्व राष्ट्रपति महामाने औस्मानेको बीचमा प्रतिस्पर्धा भएको थियो । नाइजरमा बेलाबेलामा सशस्त्र समुहले यस्ता आक्रमणहरु गराउने गरेका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार निर्वाचन अधिकारीहरु मतदान बक्स लिएर मतदान केन्द्रतर्फ गइरहेको अवस्थामा उक्त विष्फोट भएको हो ।
उक्त घटनामा परी अन्य तीनजना मानिसहरु पनि घाइते भएका छन् । टिलाबरी नाइजर, बुर्किना फासो र मालीको सीमावर्ती प्रान्त हो । यहाँ अलकायदा र आईएससँग सम्बन्ध भएका सशस्त्र आतंकवादी समुह सक्रिय छन् ।
नाइजरले निर्वाचनलाई मध्यनजर गर्दै हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । नाइजरमा पहिलोपटक शान्तिपूर्ण निर्वाचनबाट मुलुकमा राष्ट्रपतिको पद हस्तान्तरण हुन लागेको हो ।
प्रतिक्रिया 4