Comments Add Comment

पहिलो टी-२० मा अष्ट्रेलिया न्युजिल्याण्डसंग पराजित

१० फागुन, काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको पहिलो टी-२० क्रिकेट जितेको छ । जितपछि पाँच खेलको सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता  बनाएको छ ।

हाग्ले ओभलमा सोमबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो । न्युजिल्याण्डको जितमा डेभिड कोनवेले अविजित ९९ रन बनाए भने इश सोधीले ४ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८४ रन बनाएको थियो । जवाफमा किवी बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा अष्ट्रेलिया १७.३ ओभरमै १३१ रनमा अलआउट भयो । अष्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४५ र एस्टन एगरले २३ रन बनाए । अष्ट्रेलियाका ६ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियालाई अलआउट गर्न न्युजिल्याण्डका इश सोधीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । ट्रेन्ट बोल्ट र टिम साउदील २-२ विकेट लिए । बोल्टले ३ ओभरमा १० रन खर्चिए भने साउदीले ३ ओभरमा २२ रन खर्चिए ।

त्यसअघि न्युजिल्याण्डको सुरुवात खराब भएपनि कोनवेले उत्कृष्ट ब्याटिङ गर्दै इनिङ्स सम्हालेका थिए । १९ रन हुँदा सुरुवाती ३ विकेट गुमाएको अवस्था कोनवेले ग्लेन फिलिप्ससंग चौथो विकेटका लागि ७४ रन र जेम्स निसमससंग पाँचौ विकेटका लागि ४७ रनको साझेदारी गरे ।

फिलिप्सले ३० र निसमले २६ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका कोनवेले ५९ बल खेल्दै १० चौका र ३ छक्का मद्दतमा अविजित ९९ रन बनाए ।

अष्ट्रेलियाका लागि ड्यानिएल साम्स र झेय रिचर्डसनले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment