+

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

२०७७ फागुन  १३ गते ६:५९ २०७७ फागुन १३ गते ६:५९
बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

१३ फागुन, काठमाडौं । कप्तान लिओनल मेस्सीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा एल्चेमाथि सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई ३-० ले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर मेसीले ४८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेस्सीले ६८औं मिनेटमा दोस्रो गोल गरे । यस्तै जोर्डी अल्वाले ७३औं मिनेटमा गोल गरे ।

जितपछि २४ खेलबाट ५० अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । बार्सिलोना लिग लिडर एट्लेटिकोसँग अकदूरी ५ मा झारेको छ भने दोस्रो स्थानको रियल मड्रिडसँग अकदूरी २ माझारेको छ ।

२३ खेलबाट एट्लेटिकोको ५५ अंक छ । रियलले र्सिलोना समान २४ खेलबाट ५२ अंक जोडेको छ ।

 

बार्सिलोना मेस्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय