Comments Add Comment

दिल्ली सरकारले आठ कक्षासम्मका विद्यार्थीलाई परीक्षा नलिइ पास गर्ने

१३ फागुन, काठमाडौं । भारतको नयाँदिल्ली सरकारले आठ कक्षासम्मका विद्यार्थीहरुको परीक्षा नलिने निर्णय गरेको छ ।

कोरोना संक्रमणको महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेकाले कक्षा तीनदेखि आठसम्मका विद्यार्थीहरुको लिखित परीक्षालाई असाइन्मेन्ट र प्रोजेक्ट वर्कबाट प्रतिस्थापन गरिएको छ । यसैको आधारमा प्राप्ताङ्क र ग्रेड निर्धारण गरी विद्यार्थीहरुलाई उत्तीर्ण गराइने छ ।

साथै कक्षा शिशुदेखि दुई कक्षासम्म सबै विद्यार्थीहरुलाई माथिल्लो कक्षामा सीधै भर्ना गरिने छ ।

दिल्लीका उपमुख्यमन्त्री एवम् शिक्षामन्त्री मनिष सिसोदियाले भनेका छन्, ‘कक्षा आठसम्म सबै बालबालिकाहरुलाई नो डिटेन्सन पोलिसीअनुसार उत्तीर्ण गराइने छ । तर यो वर्ष बालबालिकाहरुले सेमी अनलाइन क्लासमा के सिके भनेर बुझ्न जरुरी छ ताकि आगामी शैक्षिक सत्रमा राम्रो तयारी गर्न सकियोस् । त्यसैले हामीले यो वर्ष कक्षा आठसम्मका विद्यार्थीहरुलाई लिखित परीक्षाको सट्टा वर्षभरि वर्कसिट र असाइनमेन्टको आधारमा मूल्यांकन गर्दैछौं ।’

शिक्षामन्त्री सिसोदियाले दिल्ली सरकारले आगामी शैक्षिक सत्रमा बालबालिकाहरुका लागि ‘देशभक्ति पाठ्यक्रम’ ल्याउने घोषणासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment