Comments Add Comment

पौने ६ करोडको औँठीसहित प्रेम प्रस्ताव, तर युवतीले गरिन् अस्वीकार

आफूले मन पराएको मानिसलाई प्रेम प्रस्ताव राख्ने तरिका अनेक हुन सक्दछन् ।

महँगा गिफ्टसहित सरप्राइज दिन चाहन्छन् युवा युवतीहरु । तर कहिलेकाहीँ जतिधेरै महँगो गिफ्टसहित प्रपोज गर्दासमेत प्रेम प्रस्ताव अस्वीकृत हुन सक्दछ ।

एकजना युवकले झण्डै पौने ६ करोड रुपैयाँ पर्ने औठीँसहित आफूले मन पराएकी युवतीसमक्ष राखेको प्रेम प्रस्ताव ती युवतीले अस्वीकार गरिन् । यो घटना गतवर्षको हो ।

बेलायतको लण्डनमा बस्ने मोडल अमन्डा क्रोनिनलाई एकजना अपरिचित युवकले प्रेम प्रस्ताव राख्यो । उनीहरु त्यसअघि न्युयोर्कस्थित एक होटलमा भेट भएका थिए ।

समाचारअनुसार उक्त युवकले अमन्डालाई Cleef and Arpels ब्राण्डको औँठी उपहार गिफ्ट दियो । उक्त औँठीको मूल्य ४ लाख ८८ हजार डलर पर्दछ  ।

अमन्डाका अनुसार उनलाई प्रपोज गर्ने त्यो युवक उत्तरी युरोपको सबैभन्दा शक्तिशाली व्यक्तिहरुमध्येको एक हो ।

उक्त पुरुष निकै आकर्षक जीउडाल सहितको हेको र पहिलो भेटमै आफ्नो नाम बताएर मोबाइल नम्बर दिएको अमन्डा बताउँछिन् । त्यसपछि दुईजनाबीच कुराकानी हुन थाल्यो ।

दिनहुँ उसले अमन्डालाई प्रेमपूर्ण मेसेजहरु पठाउँथ्यो । तर त्यो पुरुष पहिले नै विवाहित रहेछ । जुन कुरा अमण्डालाई पछि मात्र थाहा भयो । उनले त्यसबारेमा उक्त पुरुषलाई सोधिन् । तर उसले सन्तोषजनक जवाफ दिन सकेन ।

आफूले अमन्डासँग बिहे गर्न पाएमा पूरानो वैवाहिक सम्बन्ध तोड्न तयार रहेको बताउन थाल्यो । अन्ततः उसले त्यो बहुमूल्य औँठी सहित अमन्डालाई प्रपोज गर्‍यो । तर अमण्डा त्यो औँठी स्वीकार गर्ने पक्षमा थिइनन् ।

उनले उक्त औँठी फिर्ता गर्न चाहिन् । त्यो पुरुषले चाहिँ आफूले औँठी फिर्ता नलिने भन्दै अमन्डाले उक्त औँठी राखेमा आफू खुसी हुने बतायो । त्यसैले प्रेम प्रस्ताव अस्वीकार गरे पनि अमण्डाले पौने ६ करोड रुपैयाँ पर्ने औँठीचाहिँ स्वीकार गरिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment