+
+
Shares

अवहेलना मुद्दामा ढुंगानाको लिखित जवाफ : विचाराधीन मुद्दामा छलफल नै रोक्नु व्यवहारिक हुन्न

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १७:२९

१३ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपेका पूर्वसभामुख दमननाथ ढुंगानाले लिखित जवाफ पेश गर्दै विचाराधीन मुद्दामा छलफल र टीका टिप्पणी रोक्नु व्यवहारिक र सम्भव नहुने उल्लेख गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा ढुंगानाले विचाराधीन मुद्दामा सार्वजनिक चर्चा, छलफल, विघटन सदर वा बदर के होला भन्ने किसिमका स्वाभाविक जिज्ञासा हुने भन्दै यसलाई निरुत्साहित गर्नु वा रोक्नु व्यवहारिक र सम्भव नहुने उल्लेख गरेका छन् । ढुंगानाले एक सार्वजनिक कार्यक्रममा संसद विघटनको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता राजाराम घिमिरेले उनीविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

असाधारण अवस्थामा साना ठूला आलोचना भए पनि समझदार कुनै नागरिकले उजुरी गर्न नमिल्ने भन्दै लिखित जवाफमा ढुंगानाले भनेका छन्, ‘यस्तोमा हदैसम्म संयममा रहनु, अनसुनी सरह असहिष्णुता वर्तनु, स्वयं न्यायालयको वृहत हकहितमै हुन्छ ।’

ढुंगानाले आफूले बोलेको कुरा तोडमोड गरी, खास खास अंश नदर्शाई, लुकाइ पेश गरेकाले सम्बन्धित क्यासेट नै झिकाइ आफ्नो वचन मिलेको वा नमिलेको ठहर गर्न पनि आग्रह गरेका छन् । यदि त्यसो गर्दा अवहेलनाको तत्व वा बदनियत देखेमा आफू दण्ड भोग्न तयार रहेको पनि उनले उल्लेख गरेका छन् ।

राष्ट्र असाधारण अवस्था तथा परिस्थितिबाट गुज्रेको बेलामा व्यापक राष्ट्रिय सरोकारको विषयमा केही बोल्दा न्याय सम्पादनमा बाधा अवरोध हन्छ भन्ने उजुरवालाको जिकिर पूरापूर खण्डन हुने पनि ढुंगानाले बताएका छन् ।

हेर्नुहोस् लिखित जवाफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?