+
+
Shares

अब शिक्षकको जिल्लान्तर सरुवा हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १६:४३

१६ फागुन, काठमाडौं । शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गरी गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुला गरिएको जनाएको छ ।

जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने केन्द्रको सूचनामा उल्लेख छ ।

शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा भई आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ । केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधीनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?