Comments Add Comment

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोट शिवपुरीमा छुट

१६ फगुन, काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैं आएको छ ।

त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले डाँडगाँउ शिवपुरी स्थित ग्रीन भ्याली रिर्सोटसँग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा ग्रीन भ्याली रिर्सोट बिच बैंकका ग्राहकहरुलाईर् विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसंग खाना र बेबरेज सुबिधामा सनराइज बैंकको के्र्रडिट काड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अनुरुप आˆना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment