Comments Add Comment

प्रथम एसियाली खेलकुदमा सहभागी भएका गजराज जोशीको जीवनीमा पुस्तक लेखिने

१६ फागुन, काठमाडौं । नेपालले सन् १९५१ मा भारतको नयांदिल्लीमा भएको प्रथम एसियाली खेलकुदमा भाग लिएका नेपाली खेलाडी गजराज जोशीको जीवनीमा आधारित पुस्तक लेखिने भएकोछ ।

सन् १९५१ प्रथम एशियाली खेलकुद (नयांदिल्ली) का प्रथम खेलाडी स्व. श्री गजराज जोशीको आज ११औं स्मृति दिवसको विशेष अवसरमा नेपाल ओलम्पिक संग्रहालयले जोशीको अर्धकदको मूर्ति निर्माण, जीवनी पुस्तक लेखन/प्रकाशन, विशेष दिर्घा स्थापना र डिजिटल आर्काइभमा सुचिकृत गर्ने कार्यहरु गर्ने भएको नेपाल ओलम्पिक संग्राहलयले जनाएको छ ।

यस कार्यका लागि संग्रहालयका सल्लाहकार, राखेप र एनओसीका पूर्व कोषाध्यक्ष तथा स्पोर्ट्स फर अल कमिशन (एनओसी) का अध्यक्ष विष्णुगोपाल श्रेष्ठको रोहवरमा संग्रहालयका संस्थापक/अध्यक्ष क्षितिज अरुण श्रेष्ठ र स्व.जोशीका सुपुत्र मनिष जोशीबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

वि.स. १९७९ गाइजात्राका दिन जन्मेका गजराज जोशीको २०६६ फागुन १६ गते निधन भएको थियो । जोशीले आफनो जीवनकालमा खेलकुद, शिक्षा, राजनैतिक र सामाजिक क्षेत्रमा निकै योगदान दिएका थिए ।

संग्रहालयमा स्व. जोशी मुर्ति र विशेष दिर्घा कक्ष आगामी २०७८ साल असार ९ गते ओलम्पिक डे का दिन अनावरण गरिने र जीवनी पुस्तक पनि बिमोचन गरिने नेपाल ओलम्पिक संग्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment