+
+
Shares

शृङ्खला वर्ल्डलिंकको सद्भावनादूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १८:२०

ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृङ्खला खतिवडालाई कम्पनीको सद्भावनादूत नियुक्त गरेको छ ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा शृङ्खलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । उत्तम विचार सँगै सुन्दरता अनि सामाजिक हितका लागि आप्mनो ऊर्जाशील समय दिने उहाँ निकै नै दुर्लभ प्रतिभावान व्यक्ति हुनुहुन्छ । हामी जस्तै उहाँ पनि आप्mनो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रो सेवाहरुको वारेमा बजारमा सही जानकारीहरु प्रेषित गर्न सकिनेछ ।”

सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि शृङ्खलाले भनिन्, “नेपालको नम्बर एक ब्रोडब्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति वर्ल्डलिंकले गरेको मेहनतको म सराहना गर्दछु । यसको सद्भावनादूत हुन पाएकामा निकै खुसी छु । वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पु¥याइरहेको संस्था पनि हो । साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुंदै आइरहेको छ । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि वर्ल्डलिंक प्रेरणाको स्रोत पनि बनिरहेको छ ।”

शृंखला सन् २०१८ मा मिस नेपालको २३ औं संस्करणकी विजेता भएकी थिइन् । ‘मिस वल्र्ड-२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसाग प्रतिस्पर्धा गरेकी थिइन् । त्यसमा उनी “उत्कृष्ट बाह्रौ” मा पर्न सफल भएकी थिइन् र उनलाई “ब्युटी विथ अ पर्पोज अवार्ड” विजेता पनि घोषित गरिएको थियो । यसबाहेक पनि उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छिन् ।

सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वल्र्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भयो । उक्त कार्यक्रममा अध्यक्ष दिलीप अग्रवाल, बोर्ड निर्देशकमनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?