+
+
Shares

क्लासिक टेकको इन्टरनेट सेवा अवरुद्ध गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते ११:४४

१७ फागुन, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिको भारतबाट ल्याईएको इन्टरनेट कनेक्सन सेवाको लागि प्रयोग हुने मुख्य डिभाइसहरु तोडफोड गरेको आरोपमा एकजना पूर्व कर्मचारी पक्राउ परेका छन्।

बाराको निजगढमा कार्यरत किरण तिमल्सिना नामका कम्पनीकै पूर्व कर्मचारीले क्लासिक टेकको मुख्य इन्टरनेटको कनेक्सन गर्ने पथलैयाको नेपाल विद्युत प्राधिकरणमा राखेको डाटा सेन्टरको तारहरु निकाल्दा र त्यहाँ भएका अप्टिकल फाइबर लगायतका तारहरु काटिदिँदा बुधबार ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा सेबा अवरुद्ध भएको थियो।

अहिले काटिएको अप्टिकल फाइबर मर्मत गरेर सेवा सञ्चालन भईसकेको क्लासिक टेकले जानकारी दिएको छ।

कम्पनीबाट काम छोडिसकेका पूर्व कर्मचारी तिमल्सिनाले क्लासिक टेकको नेसनल ब्याकबोन नै डाउन गराएका थिए । यही कारणले गर्दा भारतबाट बिरगंज हुँदै आयात गरिएको एयरटेल र सिफीको सम्पूर्ण लिंक डाउन भएको थियो ।

कम्पनीकाअनुसार पूर्व कर्मचारी तिमल्सिनाले विद्युत प्राधिकरणको सो कार्यालयमा आफ्नो पुरानो परिचयपत्रमार्फत प्रवेश गरि कम्पनीका उपकरणहरुमा हानी नोक्सानी पुर्याएका थिए।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?