Comments Add Comment

काठमाडौंभित्र र बाहिर सँगसँगै स्मार्ट सिटी बनाउँछौं : मन्त्री साह

फाइल तस्वीर

१७ फागुन, काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौंभित्र र बाहिरका स्मार्ट सिटी निर्माणलाई समानान्तर ढंगले अघि बढिरहेको बताएका छन् ।

सोमबार शहरी विकास मन्त्रालयमा आयोजित छलफलमा मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटाको काम अगाडि बढेको भन्दै काठमाडौं बाहिरका स्मार्ट सिटीको काम पनि सँगै अघि बढाउने जानकारी दिए ।

‘काठमाडौंभित्रका स्मार्ट सिटी र काठमाडौं बाहिरका स्मार्ट सिटी दुईवटैलाई हामी समानान्तर ढंगले नै अगाडि बढाइरहेका छौं । भन्नलाई मात्रै स्मार्ट सिटी होइन, देख्नलाई पनि स्मार्ट सिटी’ उनले भने ।

काठमाडौंको भद्रगोल शहरीकरणलाई योजनाबद्ध, व्यवस्थित शहरीकरणका रुपमा अघि बढाउने भन्दै उनले त्यसकै प्रयासस्वरुप स्मार्ट सिटी निर्माण अघि बढाएको मन्त्री साहले बताए । ‘काठमाडौंमा आफ्नै ढंगले शहरीकरण भइरहेको छ । त्यो भद्रगोल शहरीकरणलाई एउटा योजनावद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा यसलाई बुझ्न जरुरी छ’ उनले भने ।

स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुन विपरीत गर्न नहुनेमा आफू सचेत रहेको मन्त्री साहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment