१४ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सञ्चारगृहमा सादा पोशाकमा प्रहरी पठाएर राज्यले आतंक सिर्जना गरेको बताएका छन् । शनिबार अग्रगामी मोर्चाको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारहरूमाथि भएको धरपकडको निन्दा गरे ।
‘पत्रकारहरूमाथि भएको धरपकडले रास्वपाको घरझगडा उदांगो भयो’, अध्यक्ष साहले भने, ‘पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्रीलाई जानकारी नभएको भनिएको छ । त्यसोभए देश कसले चलाएको छ त ?’
अध्यक्षसाहले सञ्चारगृहमा सादा पोशाकमा प्रहरी पठाएर राज्यले आतंक सिर्जना गरेको बताए । यो घटनाबारे प्रधानमन्त्रीलाई थाहा नभए कसलाई थाहा छ ? भनी उनले प्रश्न गरे ।
‘प्रधानमन्त्रीमा बालेन्द्र शाह हुनुहुन्छ, अनि उहाँलाई थाहा नहुने तर राज्यमा आतंक मच्चाइएको छ । यो थाहा कसलाई छ ? रवि लामिछानेलाई ? कि कसलाई छ ?’, उनले प्रश्न गरे ।
प्रतिक्रिया 4