१४ कात्तिक, काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले नेपाली प्रेसमाथि आक्रमणका घटना तीव्र रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले सञ्चारकर्मीमाथि धरपकड गर्ने, सञ्चारगृहमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने कार्य लोकतन्त्रविरोधी कदम भएको बताए ।
उनले नेपाली सञ्चारमाध्यम कसैसँग नझुक्ने बताउँदै पत्रकार र सञ्चारगृहलाई दबाब तथा त्रासमा राख्ने प्रयास स्वीकार्य नहुने धारणा राखे ।
आफू बालेन शाह नेतृत्वको सरकारको समर्थनमा रहेको उल्लेख गर्दै धमलाले सरकारलाई प्रेस स्वतन्त्रतामाथि असर पर्ने गतिविधि नगर्न सुझाव दिए ।
प्रतिक्रिया 4