Comments Add Comment

बुद्ध क्रिकेट क्लब रुपन्देही सुपर लिगको सेमिफाइनलमा

१७ फागुन, बुटवल । बुद्ध क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा सोमबार भएको डिभिजन ‘ए’को खेलमा बुटवल-११ लाई ७ रनले पराजित गर्दै बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङमा गरेको बुद्धले निर्धारित ५० ओभरमा ४७.२ ओभर खेल्दै सबै विकेट गुमाएर १९९ रनको योगफल बनायो । उसका लागि रिजन प्रजुले ३५, निखिलेश यादवले २९, अमित अग्रहरीले २४ र निखिल यादवले १५ रन बनाए । बलिङमा बुटवल-११ का सुधन श्रेष्ठ र प्रकाश केसीले ३-३, इशान पाण्डेले २ तथा एजाज आलम र तौसिफ आलमले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल-११ ले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन बनायो । उसका लागि सोनु तामाङले ४८, हिमाल पुनले ४३, इशान पाण्डेले २५ र तौसिफ आलमले २१ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, रुपेश कुर्मी र अजय त्रिपाठीले २-२ तथा विपिन खत्री र रिजन प्रजुले समान १-१ विकेट लिए । अमित अग्रहरी म्यान अफ द म्याच भए ।

मंगलबार डिभिजन ‘ए’ का एक्सपर्ट जीआर क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment