Comments Add Comment

इरानले आफ्नो पानीजहाजमा आक्रमण गरेको इजरायलको आरोप

Photo Credit : EPA

१७ फागुन, काठमाडौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गत साता ओमानको खाडीमा आफ्नो पानीजहाजमा भएको विष्फोटमा इरानको हात रहेको आरोप लगाएका छन् । यसअघि इजरायलका अन्य शीर्ष अधिकारीले पनि यो विष्फोटमा इरानको हात रहेको बताएका थिए ।

एक इजरायली च्यानललाई अन्तर्वार्ता दिने क्रममा नेतान्याहूले पानीजहाजमा इरानले आक्रमण गरेको कुनै प्रमाण भने दिएनन् । यसअघि इजरायलका रक्षामन्त्रीले प्रारम्भिक अनुसन्धानमा यो आक्रमणमा इरान जिम्मेवार पाइएको बताएका थिए । संयुक्त राष्ट्रसंघका लागि इजरायलका स्थायी प्रतिनिधिले पनि यो विष्फोटमा इरान दोषी रहेको आरोप लगाएका थिए ।

इजरायली सञ्चारमाध्यमहरुले इरानले गराएको विष्फोटको जवाफमा इजरायलले पनि इरानका केही स्थानमा सैन्य कारबाही गरेको उल्लेख गरेका छन् । यद्यपि इजरायलको सेनाले भने यस विषयमा केही जानकारी दिएको छैन ।

इजरायलले लगाएको आरोपको इरानले भने खण्डन गरेको छ । यो आरोपमा विश्वास गर्ने कुनै आधार नभएको इरानले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment