Comments Add Comment

नवलपरासीको दुम्कौलीमा दुईवटा ट्रक जुध्दा दुवै चालकको मृत्यु

१८ फागुन, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

दुवै चालकको जिल्ला अस्पताल डण्डामा आज बिहान करिब तीन बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा दुवै ट्रकका सहचालकहरु घाइते भएका छन् । घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई-६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको रजहर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment