+
+
Shares

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल

रासस रासस
२०७७ फागुन १८ गते ९:३५

१८ फागुन, कर्णाली । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मङ्गल रावललाई जिम्मेवारी दिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो । प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

चार वर्ष अघिदेखि प्रतिष्ठानमा काम गर्दै आएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर डा रावल डेढ वर्षदेखि अस्पताल निर्देशकका रूपमा कार्यरत छन् ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?