+
+
Shares

अभियन्तालाई भेट्न गएका पत्रकार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते ९:४९

१८ फागुन, काठमाडौं । सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरुलाई भेट्न गएका पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

फ्रि प्रेस नेपालमा कार्यरत श्रेष्ठलाई सोह्रखुट्टे प्रहरीले आज बिहान पक्राउ गरेको हो । अभियन्ताहरुबारे रिपोर्टिङ गर्न गएको बेला प्रहरीले पक्राउ गरेको श्रेष्ठले बताए ।

प्रहरीले भने अनुमतिविना अभियन्ताहरुको फोटो खिचेकाले नियन्त्रणमा लिइएको जनाएको छ ।

बालाजु बाइपास क्षेत्रको सडक विस्तार अन्यायपूर्ण भएको भन्दै विरोधमा उत्रिएका ६ जनालाई यही फागुन १२ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई छुटाउन भन्दै प्रहरी कार्यालयमा पुगेका थप दुई जना (सुमन शाही र विरोचन श्रेष्ठ)लाई पनि प्रहरीले पक्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?