+
+
Shares

नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी, भोलि साइबर ब्युरोमा उपस्थित हुन पन्त र मैनालीलाई उर्दी

पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै गएको नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयबाट बाहिरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते २०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीको टोली पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै सवा ५ बजे नयाँ पत्रिका कार्यालय पुगेको थियो।
  • प्रहरीले सम्पादक खगेन्द्र पन्त र मैनालीलाई शनिबार बिहान १० बजे साइबर ब्युरोमा उपस्थित हुन मौखिक उर्दी दिएको छ।
  • पन्तले कारणसहित लिखित जानकारी मागेपछि प्रहरी राति करिब आठ बजे कार्यालयबाट निस्किएको हो।

१३ कात्तिक, काठमाडौं । पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै गएको नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयबाट बाहिरिएको छ। सवा ५ बजे नयाँ पत्रिका कार्यालय पुगेको प्रहरी राति करिब आठ बजे पत्रिकाको कार्यालयबाट निस्किएको हो।

त्यहाँस्थित पत्रकारका अनुसार प्रहरी पत्रिकाका सम्पादक खगेन्द्र पन्त र वरिष्ठ संवाददाता मैनालीलाई शनिबार बिहान १० बजे नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै निस्किएको हो।

पत्रिकाका सम्पादक पन्तले के कारणले उपस्थित हुनुपर्ने भन्नेबारे लिखित जानकारी गराउन आग्रह गरेपछि प्रहरी भोलि बिहान उपस्थित हुन मौखिक उर्दी दिँदै निस्किएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?