+
+
Shares

नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी

नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अपराध अनुसन्धान कार्यालय टेकुबाट आएको भन्दै पाँच प्रहरी सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका छन्।
  • प्रहरीले नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन्।
  • यसअघि आजै नेपाल प्रेसका विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

१३ कात्तिक, काठमाडौं । नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ ।

अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै केहीबेर अघि ५ जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका हुन् ।

नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् ।

‘५ जना प्रहरी अधिकारीहरू आउनुभएको छ । पक्राउ पुर्जी छैन । संवाददातालाई उपस्थित गराउन भन्नुहुन्छ’, पन्तले भने ।

यसअघि आजै नेपाल प्रेसमा कार्यरत विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?