+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० गते

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १०:४९

18 फागुन, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा केन्द्रित भएको छ । २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीमा जुटेको राप्रपाले जनाएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनको मितिसमेत तोकेको छ । प्रतिनिधिको निर्वाचन २०७८ वैशाख १० गते गर्ने निर्णय बैठकले गरेको हो ।

यस्तै, बैठकले यही फागुन २५ गतेभित्र जिल्ला निर्वाचन समिति चयन गरिसक्ने, सक्रिय सदस्यता वितरण अभियानलाई चैत १५ गतेसम्म म्याद थप्ने, वडादेखि जिल्ला तहसम्मका कार्य समितिहरुको गठन चैत मसान्तसम्ममा गरिसक्ने निर्णय बैठकले गरेको छ ।

अघिल्लो वर्ष फागुनको अन्तिम साता पार्टी एकताको घोषणा गरेको राप्रपाले अब केही जिल्लामा मात्रै बाँकी रहेको समायोजनलाई एक साताभित्र टुंगो लगाउने निर्णय गरेको छ ।

यसका साथै केही दिनभित्रै प्रदेश प्रमुखहरु तोक्ने तयारी गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?