Comments Add Comment

हटाउन सक्छ भने हटाओस्, अर्को चुनावमा दुई तिहाइ ल्याउँछु : ओली

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् ।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, खुशीसाथ हट्छु, तर आउँदो चुनावमा ….डेढ दुई वर्षपछि त चुनाव त आइसक्छ, दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’

तर आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताए । उनले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए । आफूले विघटन गरेको प्रतिनिधिसभा ब्युँतिए पनि केही फरक नपर्ने प्रधानमन्त्री ओलीले बताए ।

‘ब्युँतायो भने के बिग्रियो र ठिकै छ । तर अब प्रतिनिधिसभा कसरी अगाडि जान्छ ? देशको राजनीति कसरी अगाडि जान्छ ? अदालतको फैसलाको मूल्यांकन परिणमले गर्नेछ, म केही बोल्दिन’ उनले भने ।

उनले प्रधानमन्त्रीको हैसियतले आफू अदालतको फैसला मान्ने पनि बताए ।

आफू राजनीति गर्ने मान्छे भन्दै प्रधानमन्त्री ओलीले केही माग्न परेमा जनतामा जाने बताए । ‘ म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा दरखास्त हाल्न जाँदा तपाईहरुकामा आउँछु, नेपाली जनताको बीचमा जान्छु । ममाथि अन्याय भयो, तपाईहरुले न्याय दिनुस् छु भनेर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment