
१८ फागुन, बाँके । बाँकेको कोहलपुरमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका-५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहेका छन् । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही माइक्रोबसले ठक्कर दिँदा एकजना साईकलयात्री र अर्का एकजना पैदलयात्री पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
माइक्रोबस चालकलाई निन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4