+
+
Shares

एपबाट फिल्मको पाइरेसी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते ११:३५

केही महिना अगाडि मात्र सार्वजनिक गरिएको ‘सिनेमा घर एप’बाट केही चलचित्र पाइरेसी गरेको आरोपमा प्रहरीले लमजुङका २५ बर्षिय सुजन परियारलाई पक्राउ गर्यो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै परियार पक्राउ गरिएको जानकारी दिइएको छ ।

चलचित्र विकास बोर्डमा आयोजना भएको पत्रकार सम्मेलनमा यो एपका संचालक सागर खरेल र खगेन्द्र लामिछानेले मोबाइलबाट खिचेर चलचित्र पाइरेसी भएको जानकारी दिए । अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी परियारलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको पत्रकार सम्मेलनमा अपराध महाशाखाका प्रहरी निरिक्षक भूवन बहादुर खड्काले जानकारी दिए ।

इन्टरनेटको पहुँचका कारण पाइरेसीको घटना बढिरहेको छ । प्रतिलिपी अधिकारको बिषयमा धेरैलाई ज्ञान नहुँदा पनि यो घटना बढिरहेको छ । चलचित्र विकास बोर्डमा आयोजना भएको पत्रकार सम्मेलनमा अध्यक्ष दयाराम दाहहालले २०५९ सालमा निर्माण भएको पाइरेसी सम्बन्धी कानुन नै फितलो भएका कारण यस्तो घटना बढेको बताए ।

‘सिनेमा घर एप’का संचालक खगेन्द्र लामिछानेले पाइरेसीको बिषय विद्यालयको पाठ्यक्रममा नै समावेश गरिनुपर्ने बताए । उनले, नेपालको कानुन कमजोर भएका कारण पनि पाइरेसी बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?