Comments Add Comment

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

१९ फागुन, काठमाडौं । ललितपुर र धनुषामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । ललितपुरको बागडोलमा स १ ज ५६७ नम्बरको फोर्स गाडीको ठक्करबाट सोही ठाउँ डेरा गरी बस्ने एक युवतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको लाटु घर भएकी १९ वर्षीया अन्जु दाहालको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषाको शहीदनगर नगरपालिका–३ झण्डा चोकमा प्रदेश २–०२ ००३ प ६१७२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शहीदनगर नगरपालिका–६ हट्टिपुरका २२ वर्षीय श्रवण पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment