
१९ फागुन, काठमाडौं । पोखरीमा डुबेर भक्तपुरको महालक्ष्मीमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँमा रहेको ख्यौ पुकुचा पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको हो ।
पानीमा डुबिरहेको अवस्थामा फेला पारी सुवाललाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4