Comments Add Comment

वर्षभरि एउटा गैंडाको पालनपोषणको जिम्मा प्रधानमन्त्रीले लिने

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् ।

नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘एडप्ट एन एनिमल’ कार्यक्रम अन्तर्गत एउटा गैडाको वर्षभरिको पालनपोषणको सम्पूर्ण खर्चको जिम्मा लिएको घोषणा गरे ।

कोभिड-१९ रहुन्जेल आफूले तलब नलिने घोषणा गरेकाले एक महिनाको गैंडाको खाना बराबर पत्नी राधिका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि उनले जनाए ।

प्रधानमन्त्री ओलीले चिडियाखानालाई सरकारको तर्फबाट ४ वटा विद्युतीय बग्गी उपलब्ध गराउने बताए । त्यसको व्यवस्थापनका लागि उनले विभागीय मन्त्रीलाई निर्देशनसमेत दिए । वृद्धवृद्धा र असक्तलाई चिडियाखाना घुम्न सहज बनाउनका लागि पनि विद्युतीय बग्गी अत्यावश्यक भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

मानिसलाई सहयोग गर्न मानिस तयार रहेपनि जनावरलाई सहयोग गर्ने परम्पराको विकास नभएको र त्यसको विकासका लागि ‘एडप्ट एन एनिमल’ कार्यक्रम सहयोगी हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment