Comments Add Comment

सुर्खेतमा ७ हजारले लगाए कोरोना खोप

२० फागुन, सुर्खेत । सुर्खेतमा ७ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । माघ १४ गतेदेखि हालसम्म ७ हजार ४७५ जनालाई कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म २ हजार ३४० र फागुन २ देखि १० गतेसम्म ५ हजार १३५ जनालाई खोप लगाइ सकिएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए । वैशाख पहिलो सातादेखि १५ गतेसम्म दोस्रो डोजको खोप लगाइने उनले बताए ।

वाग्लेका अनुसार पहिले छुटेका र ६५ वर्ष माथिका नागरिकलाई फागुन २३ गतेबाट खोप लगाइनेछ । सुर्खेतमा ६५ वर्षमाथिको उमेर समूहका २४ हजार ९७६ जना नागरिक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment