Comments Add Comment

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प

२१ फागुन, काठमाडौं । शुक्रबार न्युजिल्याण्डको समुद्री क्षेत्रमा तीन शक्रिशाली भूकम्पको धक्का महसुस गरिएको छ । तीन शक्तिशाली भूकम्पको धक्का महसुस गरिएसँगै न्युजिल्याण्डमा समुद्री आँधीको चेतावनी दिइएको थियो तर पछि उक्त चेतावनी हटाइएको छ । भूकम्पपछि समुद्री आँधी आउन सक्ने आशंकाको कारण मानिसहरु अग्लो स्थानतर्फ विस्थापित हुन थालेका थिए । तर, अधिकारीहरुले ठूलो तरङ्ग गइसकेकाले मानिसहरुलाई पुरानै स्थानमा फर्किन आग्रह गरेका थिए ।

शुक्रबारका तीन भूकम्पमध्ये सबैभन्दा शक्तिशाली भूकम्प ८.१ म्याग्निच्युटको रहेको न्युजिल्याण्डको राष्ट्रिय संकट व्यवस्थापन एजेन्सीले बताएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै सबै मानिस सुरक्षित रहेको विश्वास व्यक्त गरेकी छिन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment