Comments Add Comment

मेयर कप ब्याडमिन्टन : दिवससँग पराजित हुँदै विवेक बाहिरिए

२१ फागुन, भाेजपुर । लामो समय पश्चात कोर्टमा फर्किएका भोजपुरका विवेक श्रेष्ठको यात्रा सेमिफाइनलमै समाप्त भएकाे छ ।

पूर्वजुनियर च्याम्पियन श्रेष्ठ भोजपुरमा जारी प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष सेमिफाइनलमा पाँचथरका दिवस शंकरसँग १९-२१, ८-२१ ले पराजित हुन पुगे । अब उपाधिका लागि दिवसले आफ्नै जिल्लाका एसिया जवेगुसँग प्रतिस्पर्धा गर्ने छन् । जवेगुले संखुवासभाका पविन लिनथेपमाथि १५-२१, २१-८, २१-१७ को जित निकाले ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजुपर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकलतर्फ भोजपुरकी नङ्गश देवी तामाङले जित हात पार्दै फाइनल यात्रा तय गरिन् । उनले सुनसरीकी सृष्टि चामलिङ राईलाई २१-९, २१-८ ले पराजित गर्दै उपाधि निकट पुगेकी हुन् । नङ्गशलले अब उपाधिका लागि सुनसरी ब्याडमिन्टन एकेडेमीकी सीमा राजवंशीसँग प्रतिस्पर्धा गर्ने छिन् । सीमाले सेमिफाइनलमा मोरङकी रोज पाण्डेलाई २१-१२, २१-१३ ले पराजित गर्दै नङ्गशलसँगको भेट पक्का गरेकी हुन् ।

पुरुष युगलतर्फको प्रतिस्पर्धामा भोजपुरका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी फाइनल प्रवेश गरे । नवीन र रत्नको जोडीले झापाका प्रनिश सिंह ठकुरी र सुनसरीका सुजन श्रेष्ठको जोडीलाई २१-१९, २२-२० ले पराजित गरे । अर्को खेलमा संखुवासभाका पविन लिनलेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीले सुनसरीका प्रकाश लिम्बु र सत्यम सुब्बाको जोडीमाथि १०-२१, २१-१५, २१-१२ को जित निकाल्दै फाइनल पुगे ।

यु १७ ब्वाइज एकल प्रतिस्पर्धामा सुनसरीका सत्यम सुब्बाले जित निकाल्दै फाइनल यात्रा तय गरे । उनले खोटाङका सनम राईलाई समान २१-८ ले पराजित गरे । यस्तै अर्को खेलमा चोदण्डीगढीका विनय चौधरीले रिटायर्ड हर्टका कारण प्रतिस्पर्धा त्यागे पछि इटहरी ब्याडमिन्टन एकेडेमीका भोजबहादुर गुरुङ फाइनल प्रवेश गरे ।

गर्ल्सतर्फ मोरङकी रोज पाण्डे र सुनसरीकी सृष्टि चामलिङ राईले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । रोजले चौदण्डीगढी नगरपालिका, बेलटारकी रोजी राईलाई २१-१२, २१-९ ले तथा सृष्टिले पनि चौदण्डीगढी नगरपालिकाकी स्मृति राईलाई २१-७, २१-१० ले पराजित गरे ।

गर्ल्स १३ तर्फको खेलमा उपमा खड्का र निमा तामाङ फाइनल प्रवेश गरे । खड्काले रितु तामाङलाई र निमाले अंशु श्रेष्ठलाई समान २-० ले पराजित गर्दै फाइनल उपाधि निकट पुगेका हुन् । ब्वाइजतर्फ तयाबुङ राई र मिबुङ राईले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । तयाले अश्विन मोक्तानलाई र मिबुङले प्रमिश राईलाई समान २-० ले पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment