Comments Add Comment

चेम्बरको वार्षिकोत्सवमा दौड प्रतियोगिता

२२ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बिहान भएको दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरे । पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष श्रेष्ठले नेपाली सेनाद्वारा निर्माणाधीन पूर्वाधार विकास तथा निर्माणका कामले पनि सेनासँग नेपालको निजी क्षेत्रको सामिप्यता बढाएको बताए । “सेना हाम्रो धरोहर हो । राष्ट्रिय विपतका बेला सेनाको अनुपम योगदान रहेको कुरा कसैबाट छिपेको छैन”, नेपाली सेनाको ख्याती मुलुकमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, “नेपाली सेनाले देखाएको अनुशासन हामी सबैले अनुसरण गर्नुपर्दछ ।”

२००७ सालमा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठले समाजका सबै क्षेत्रहरूमा व्यवसायीहरू अग्रपंक्तिमा रहेको बताए । स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । नेपाल महिला चेम्बरले व्यापारिक प्रर्दशनी तथा मेला आयोजना गर्दै छ । चेम्बरले गल्फ प्रतियोगिता पनि गर्दैछ ।

वार्षिकोत्सवको अवसरमा चेम्बरको शिक्षा तथा खेलकुद समितिले आयोजना को दौड प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका छन् । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा छात्रतर्फ आदर्श सौला युवक माविका उदय लिम्बु प्रथम, नेपालय एजुकेसन फाउन्डेसनका युनिस आले मगर द्वितीय, आदर्श सौला युवक माविका प्रवीण तामाङ तृतीय भएका छन् ।

यसैगरी भिमोदय मोडेल स्कुलका अमृत बोट, पिस प्वाइन्ट स्कुलका ओमप्रकाश थाकर र एम्स स्कुलका अविनाश कार्कीले सान्त्वना स्थान प्राप्त । छात्रातर्फ पञ्चकन्या माविकी सरिता रम्तेल प्रथम, पञ्चकन्या माविकै सोनु घताने द्वितीय, र गान्धी आदर्श स्कुलकी अन्जु खड्का तृतीय भएका छन् । यस्तै सीसीआरसीकी निशा थापा, पञ्चकन्या माविकी कविता चौलागाईँ र नेपाल आदर्श माविकी बसन्ती कु्ँवरले सान्त्वना स्थान प्राप्त का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment