
२३ फागुन, काठमाडौं । नेकपा ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आफ्नो समूहले महाभियोग प्रस्ताव दर्ता गर्ने भनी भएको प्रचार गलत भएको बताएका छन् । उनले यस विषयमा कुनै तयारी नभएको अनलाइनखबरलाई बताए ।
‘कुनै हालतमा महाभियोग प्रस्ताव आउँदैन । त्यस्तो आवश्यक नै छैन’, भट्टराईले भने । संसद सहज ढंगले अगाडि बढ्ने पनि भट्टराईले बताए ।
तर, सभामुख कसरी प्रस्तुत हुन्छन्, त्यसले पनि परिस्थिति निर्माण गर्ने उनको भनाइ छ । ‘संसदले गर्नुपर्ने थुप्रै काम छन् । त्यसैले संसद तत्काल अन्त्य पनि हुँदैन’, भट्टराईले भने ।
केही दिनयता सभामुखविरुद्ध नेकपा ओली समूहले महाभियोग प्रस्ताव दर्ता गर्न सक्ने चर्चा थियो । सभामुख सापकोटा नेकपाको प्रचण्ड-माधव समूहसँग निकट मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4